धनुषा । सशस्त्र प्रहरीको बी ओ पी ठाड़िझिझाका बी ओ पी पति निरीक्षक धन बहादुर रावल र तिनका घुमुवा जवान संतोष कुमार साहको मिलेमतोमा भड़रिया नाकबाट तस्करी मौलाएको छ ।
भारतको हरने बजारबाट अबैध गुटखा, कपडा, किराना हार्डवेयर,मोटरपार्ट्स दिनहू लाखौ मूल्य बराबरको सामान अबैध रुपले नेपाल भित्रीने गरेको छ । भड़रियामा छोटी भंसार भएपनी, घुमुवा सन्तोष साहले ब्यापारी सित मोटो रकम ली घुमुवा आफैले ईस्कोर्टिंग ग़री भंसार को बाटो छलेर तरही नाका बाट तस्करी गराउने गरेको श्रोतले जनाएको छ । निरीक्षक धन बहादुर रावलले परिचालन गरेको घुमुवा संतोष साह सित लाईन पाएको प्रमुख तस्करहरूमा सुरेश साह, मनोरथ, अलाउदीन, अयूब, समतूला, धरबेन्द्र, रेणु, साहिद , बरतुला , जीतू ,बिजय रहेका छन् ।