२०८३ असार २८ गते, आईतवार १०:५३

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ। बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरिएकोे छ ।

नुवाकोट जिल्लाको साविक कबिलास गाविस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM