२०८३ जेष्ठ ४ गते, सोमबार १६:०३

नापी कार्यालयका अमिन घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आज (बुधबार) आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले नापी कार्यालय लहानमा कार्यरत अमिन यादवलाई सेवाग्राहीबाट लिएको दश हजार रुपैयाँ घुससहित रङ्गे हात पक्राउ गरेको हो ।

यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले उक्त रकमसहित यादवलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM