२०८३ बैशाख २४ गते, बिहीबार २२:१२

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाण्डौ/र्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न भारतीय उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् ।

गुजरात चेम्बर अफ कमर्सले गुजरातमा गरेको कार्यक्रममा मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न अपिल गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल लगानी र प्रतिफलका दृष्टिले उर्बर रहेकाले निर्धक्क भएर लगानी गर्न उनको आग्रह थियो । महतले भारतीय लगानीकर्ताले नेपालको जलविद्युतमा लगानी गर्ने सके राम्रो प्रतिफल आउने बताए ।

नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिद–बिक्री सम्झौता भएकाले नेपालका लगानीको ढोका खुलेको महतले उल्लेख गरे । यस्तै कृषि, सूचना प्रविधि र पर्यटनसमेत लगानीका लागि आकर्षक क्षेत्र रहेको उनले बताए ।

कार्यक्रममा गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि प्रक्रियागत सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM