२०८३ जेष्ठ ३ गते, आईतवार १७:५३

कविता “तिमीलाई”

“तिमीलाई”

–ई. अनन्त बिष्ट
(bista_sb9@hotmail.com)

 

 

भन्न त कति सजिलै भनें तिमीलाई
नाघ्न हुन्न मर्यादा र सिमाका पर्खालहरुलाई
अनि
खोल्न हुन्न स्मृति र कल्पनाका पोकाहरुलाई
तर
कसरी सम्झाउँ मनमा उठ्ने यी छालहरुलाई
अनि
कसरी निभाउँ भावनाका यी दियोहरुलाई
यिनले त
प्रेरणाको अर्को नाम
तिमीलाई नै मानेका छन्
अनि
उमगंको अर्को पर्याय
तिमीलाई नै पो ठानेका छन्

मरुभुमीमा छटपटिएको प्यासी झैं
उत्साह र उमंगको तिर्सनामा
भौंतारिदा भौंतारिदै
अनायासै
चिरपरिचित एउटा बास्ना छायो
मदहोसी मै चिहाई हेरें
चारैतिर तिम्रो रुपले चियायो
एकाएक
सम्हालेर राखेका मनका बाँधहरु फुुटे
तब न सायद
उही पुरानो अन्दाजमा
बर्षातको खहरे झैंँ उर्ली उर्ली
फेरी तिम्रो याद आयो

बचपनमा कोरिएका रेखाहरु
लाग्थ्यो बालुवाका डोब झैं हुन
नासम्झिमा रोपिएका ति फूलहरु
लाग्थ्यो कागजका खेलौना सरी छन
तर
आज लामो यात्रा पछि पनि
पन्छाई हेर्दा ति पुराना धर्साहरु
झन् झन् पो गाढा देखिएका रहेछन
अनि
मुर्झाइसकेको ठानिका ति फूलहरु
झन झन पो बास्नादार भएका रहेछन

नत्र
तिम्रो आवाजको झंकार भित्र
आत्मियताका मिठासहरु नभेटिनु पर्ने
अनि
तिम्रो आँखाको नानी भित्र
बालापनका निश्चलता नसमेटिनु पर्ने
त्यसैले त
समयको येत्रो खाडलले पनि
हाम्रा भावनाहरुलाई
पुर्न सकेको रहेनछ
केवल दुई किनारमा पुर्याई
खोला सँगसँगै समय
तल तल पो बग्दै रहेछ
तब त लाग्ने नै भो नि
हामी हमेसा चिरपरिचित थियौँ
अनि
सदा साथ साथ थियौं

त्यसैले त अनायास
जीवनमा नयाँ बहार छाएको छ
रगतका नसा नसामा
उमंगका लहरहरु
उर्ली उर्ली दौडिरहेका छन्
केहि गर्ने चाहा
अनि
केहि देखाउने रहर
साँच्चै भन्दा
समय फेरि त्यहि बालापनमै
फर्किएझैं लागिरहेछ
त्यही अबोध पन अनि निश्चलतामा
मुस्कुराउँदै रमाई रहेछ
अनि त सायद
तिमीलाई फेरी पनि
लुकी लुकी हेरी रहँु झैँ लागीरहेछ
मनभरीका रोमाञ्चकतालाई
सकि नसकि सम्हाल्दै
तिमीलाई फेरि एक पटक
माया पो गरीरहूँ झैँ लागिरहेछ
अनि
तिमी भित्रै आफूलाई
हराई रहूँ झैँ लागिरहेछ
साँच्चै
खै किन हो यो जिबन
हरपल एक पहेली झैं बनिरहेछ ।।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM