Thursday, November 28, 2024
घरसमाचारअर्थवाणीएक करोड लुटपाटको घटना गोप्य किन राखियो?

एक करोड लुटपाटको घटना गोप्य किन राखियो?

काठमाडौं– काठमाडौंको क्षेत्रपाटी क्षेत्रमा एक करोड ६ लाख रुपियाँ लुटपाटको घटना उजुरीकर्ता नहुँदा गुपचुप राखिएको विवरण सार्वजनिक भएको छ।
प्रहरीले उजुरीकर्ता नहुँदा उक्त रकम लुटपाट भएको भन्ने आधिकारिक र कानुनी छानबिन गरेको छैन। तर, प्रहरीसँग पनि कनेक्शन रहेका कारण रकमको खोजीनीति भइरहेको बताइन्छ।
उच्च स्रोतका अनुसार लुटपाटमा संलग्न रहेका व्यक्ति भारततिर भागीसकेको तर रकम काठमाडौंमा नै रहेका कारण खोजी भइरहेको बताइन्छ।
यस प्रकरणको प्रारम्भिक विवरण दियोपोस्ट अनलाइन न्युज पोर्टलले सार्वजनिक गरेको थियो।

रकम ठूलो र विवादीत व्यापारी नरेश अग्रवालकै रहेका कारण प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीलाई ‘अनअफिसियल’ प्रयोग गरिएको थियो।

सोही क्रममा गाडी चालक पक्राउ गरिएको र केही सूचना महाशाखाले लिएको बताइन्छ। लुटेरा भनी आरोप लगाइएका व्यक्तिको भन्दा पनि लुटिएको भनिएको रकम काठमाडौंमा कहाँ राखिएको छ भनी प्रहरीलाई उच्च तहबाट परिचालिन गरिएको स्रोतले जनाएको छ।
यस प्रकरणमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्याम ज्ञवाली र प्रहरी महानिरिक्षक (आईजी) बसन्त कुँवरले चासो दिएको उच्च स्रोतले जनाएको छ।
‘यस प्रकरणमा प्रहरी प्रमुख र त्यसैका दाबेदार समेत रहेकाले फरक–फरक हिसाबले चासो दिनुको कारण लुटिएको रकम नभई यसमा जोडिएका व्यक्तिसँगको सम्बन्धको पनि हो’, स्रोतले भन्यो,‘त्यसैले पनि यसलाई गुपचुप नै राखिएको होला।’ -तेस्रोकोणबाट

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -