जनकपुरधाम । सशस्त्र प्रहरी बलकाे भन्सार सुरक्षा बेशका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जय बहादुर दतेपुते र उनले परिचालन गरेका घुमुवा सराेज साहको मिलिमताेका कारण यहाँ तस्करी धन्दा माैलाएकाे छ भने केही तस्करहरूलाई राम्रो लाइन समेत दिइएको खुलेको छ । बारम्बार तस्करी र सशस्त्र प्रहरीकाे घुमुवा सराेजका बारेमा समाचार प्रकाशित भए पनि उनीमाथि कुनै कारवाही त परै जावाेस छानबिन टाेली गएपनि अहिलेसम्म उनलाई हटाएको पनि छैन ।
निरीक्षक जय बहादुरले व्यापारी देखि तस्करसँग रकम उठाउन घुमुवा सराेज साहलाई परिचालन गरिरहेका छन् । कतिपय तस्कर बेशमा आएर निरीक्षक जय बहादुरलाई प्रत्यक्ष भेट्ने गर्दछन भने कतिपयले घुमुवा साहलाई रकम दिने गर्दछन । अहिले तस्करीकाे लाइन पाउनेहरूमा नरेश , सुरेश , साहिद , मन्सुर , समतुला , बरतुला , रंजित , सुजित , पपु , उमेशफ, साबिर, जितु, सुमित्रा, राजिव, सुरेश, शिव नारायण, सुरेन्द्र, धर्मेन्द्र लगायतका छन् ।
धनुषाको फुलगाभा, देबडिया, धनाैजी, जटाही, खाैना र दुबही नाका तथा महाेत्तरीकाे मठियानी र जलेश्वरबाट तस्करी हुने सामान सबै जनकपुर सशस्त्रको यही बेशकाे बाटो भएर आउने भएकोले तिनीहरूसंग रकम उठाउने काम भैरहेको छ ।बाहिर अरूलाई ड्राइभर भनेर सराेज साहलाई देखाउने गरेपनि उनी घुमुवाकाे रूपमा परिचालन भई सबै आर्थिक कारेवार गर्दै आइरहेका छन् । मासिक झण्डै ३ देखि ४ लाख सम्म रकम उठाउने काम उहाँ सशस्त्र प्रहरीले गर्दै आइरहेको छ ।