२०८३ बैशाख २८ गते, सोमबार २०:१०

साढे दुई केजी सुन बरामद प्रकरण : दुई सुनचाँदी पसल शिल

काठमाडौं । रुपन्देहीबाट भारत लैजाँदै गरेको साढे २ केजी सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसलमा शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो ।

बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र रिजाल हुन् भने लक्ष्मीपति उनकी श्रीमती हुन्। सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । सोही अनुसन्धानबाट बालाजी सुनचाँदी पसलको समेत संलग्नता देखिएपछि शिल गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले करिब साढे २ केजी सुन इँटा आकारमा लैजाँदै गर्दा कालिदह नाकाबाट बरामद गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM