२०८२ असार २१ गते, शनिबार १४:४६

सांसद सिंहको प्रश्न: के भैँसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?

काठमाडौँ/प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो । उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए ।

सांसद सिंहले के भैँसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भनि सरकारलाई प्रश्न समेत गरे ।

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM