Wednesday, November 27, 2024
घरविचारखै यसरी समाजबाद आउला र ?

खै यसरी समाजबाद आउला र ?

समाजबादको चरण उन्मुख शासन ब्यबस्था ल्याइयो भन्दै मनग्गे खुसी भैयो।समाजबादको आधारभूत नम्स समेत देखिदैन।बिस्वका कम्युनिस्ट देशहरू झै न हाम्रा कमरेड भए न त्यो शासन पद्धति आयो।समाजबादको जग हाल्न जनताले दिएको दुतियाइ बहुमत गफैगफ र दुइचार चुट्किलामै सिमित भए।बेथितिको सिमा नै छैन।हिजो ओलि ओलि भन्ने कार्यकर्ता देखि नेतासम्म चिढिएका छन्।समाजबादको सुरुवातका लागि गास, बाँस,कपास ,शिक्षा र स्वास्थ पुर्णतः सरकार द्वारा नागरिकलाई प्रदान गरिने अर्थात सरकार कै मातहतमा हुने गर्छन् खै यहाँ सुरुवात गरेको ??शिक्षा र स्वास्थ दलालकै हातमा छन्।सरकार पुर्णतः अशक्षम देखियो।बलात्कार युरिया राखेको बालि झै दिन दुई गुना रात चौगुणाले वृद्धि भएको छ।सरकारका सम्यत्रहरु पुर्णतः फेल सावित भएका छन।जहाज भित्राइदा अरबौ भ्रष्टाचार भएको छ।प्रतिपक्षी खेल्ने मौका पाएका छन किनकि सरकारले आफ्नो क्षमता देखाउन सकेन कार्यक्षमतामा खडेरी लाग्यो।अपराधीहरु संमान हुन्छन् तक्मा भिरेर हिड्छन।हत्याहिंसाका घटना छानबिन हुन बनाइएका सदस्य असुरक्षित महसुस गर्दै नाटकीय रूपमा राजीनामा दिन्छन् तर सरकार र संबंधित मन्त्रालय चुप लागेर अगाएको बाघ झै लम्पसार परेर हेरिरहन्छ।ओलि ज्यु कि हात खडा गर्नुस धेरै क्षमताबान नेताहरू पर्खी बसेका छन नेतृत्व लिन हैन भने कार्य कुशलता देखाउनुहोस।कार्यक्षमता,कार्यकौशलता देखाउन नसक्ने मन्त्री किक आउट गर्नुस।कता गयो ३३ किलो सुनको कारबाही ?कता गयो निर्मला पन्तको हत्यारा?कता गयो ठेगदारको कारबाही ?नेकपा का कार्यकर्ता सन्तुष्ट छैनन् यतिबेला तपाईंको कार्यकौशलता माथि शंका लाग्न थालेको छ।समय मै बुद्धिको बटन खोल्नुहोस।हामी हाम्रा आस्थाहरु तुहिदै गएको हेर्न सकिरहेका छैनौ।सामाजिक न्याय र शुसासन स्थापित गर्दै समृद्धि सहितको समाजबाद बिस्तारै ओझेल परिरहेको हामि देख्दै छौ।सरकार विरुद्ध मुख्य मन्त्री नै अगाडि आउछन।तपाईं द्वारा टीका लगाइएका सभासद नै सरकार विरुद्ध बोल्दै प्रधानमन्त्रीको राजीनामा माग्दै छन।के यहि हो त समाजबाद उन्मुख सुरुवात ?एउटा स्थानीय वार्ड सदस्यले प्रधानमन्त्री र सङ्गिय ससदको निर्णय मान्दैन र टेर्दैन अनि बिकास र समृद्धि हामी कसरी सोच्ने र पाउने?तपाईं पटकपटक भ्रष्टाचार म गर्दिन गर्न दिदैन भन्दै गर्दा अरबौ भ्रष्टाचार भएको छ विमान भित्राउदा खै उचित कारबाही भएको ?१) कन्चनपुर घटना अपराधिलाई सरकारि सम्रछण
२) दिगम्बर झा नियुत्ति
३) निजगड बिमानस्थल २ लाख रुख कटान
४) साईबर क्राईम बेवास्था
५) पप्पु कन्ट्रक्सनलाई धरहरा निर्माण ठेक्का
६) समयमा काम नगर्ने ठेकेदारलाई सम्रछण
७) ठुला करदातालाई भारि कर छुट
८) भ्रस्टाचारि , अपराधिलाई पदक
९) केहि मन्त्रीहरुको सुन्य काम कारवाहि
१०) प्रमले स्वार्थ समुहको घेरा तोड्न नसक्नु
११) प्रमका सल्लाहकारहरु असछम साबित हुनु
१२) अन्य छिटपुट घटना बाहेक ओलि सरकारले दिर्घकालिन देसलाई फाईदा हुने निक्कै एतिहासिक ठुला ठुला काम गरेको छ । ति कामहरुको तारिफ गर्न औधि मन लाग्छ फेरि माथिका ११ बुदा सम्झिएर टक्क कलम रोकिन्छ अनि कसरि अरिङगाल बन्नु पार्टि अध्यछ एब प्रम ज्यु ? कसैले हान भन्दैमा भाटा बोकेर अब कार्यकर्ता हान्न जादैनन किन हान्न्ने कारण खोज्न सक्ने भाका छन । तपाईहरु जनताले भनेझै राम्रो गर्नुस कोहि अरिङगाल बन्नै पर्दैन , कसैलाई टोक्नै पर्दैन । तपाईमा आशा र भरोसा भबिस्य देखेर केहि साना तिना गल्ति कमि कमजोरिलाई पहिले पहिले ढाकछोप गरेकै हो तर अब एस्तै पारा हो भने सकिन्न अह सकिन्न !!

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -