बिना मिहिनेत अर्थ कमाउन साधन बनाउन एउटा अबोध बालकलाई अपहरण गरि समाज उत्तेजित बनाउने जो कसैलाई नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अागामी दिनमा यस्तो घटना कुनै पनि हालतमा नहोस भन्ने मान्यताले गरिएको जस्तोसुकै कार्बाहि होस् तथा एन्काउन्टर फेक नै भए पनि मुख्य दोषी कार्बाहिको दायरा परि मृत्यु भएकोमा हत्या भएको ती अबोध बालकका अामा बाबू तथा पिडीत ती अामाबाबु जस्ता स-सना नानी भएका अन्य अभिभावकहरूले राहतको सास फेर्न पाएकै छन् । सुनेकै कुरा हो, बिदेशी भुमीमा बलात्कारी, भ्रष्टाचारी तथा देशद्रोहीलाई सिधै निधारमै गोलीको टीका लगाईन्छ या झुण्ड्याएर मारिन्छ कि त लेथल ईन्जेक्ट गरेर मारिन्छ । अरबिक देशमा त कि जनावरलाई झैं शिर छेदन गरिन्छ, चोरको हात काटिन्छ कि समाजमै तुर्लुङ्ग पुतली झुण्डा झैँ झुण्डाईन्छ। फिलीपिन्समा त झन् लागू पदार्थ प्रयोगले अपराध मौलियो भनेर ठाउँको ठाउँ गोली ठोकेर मारिन्छ झन निर्ममता पूर्वक मार्नु पर्यो भने उडिरहेको हेलिकप्टरबाट खसालेर मारिन्छ। छिमेकी राष्ट्र चीन र भारतमा त यस्ता जघन्य अपराधीलाई बडो उत्साहका साथ सिध्याईन्छ । त्यहि त्रास देखाएर नै लोकतान्त्रिक देश बिदेश तिर अपराध न्युनिकरण भईरहेको छ। यहाँ त झन् चार बर्षे अवोध बालिकालाई बलात्कार गरि मारेको समाचार सुन्दा त हाम्रो मन नै गह्रौं भई मन भारि हुन्छ भने त्यस्तो घटना भोग्न पर्ने घरमा कस्तो अापद अाई पर्दो हो । तसर्थ कुनै राष्ट्रिय मिडीयामा समाचार निस्कियो तथा कुनै जातिय वर्गले नकारात्मक सन्देश फैलायो भन्दैमा नेपाल प्रहरी हतोत्साही हुन जरुरी छैन ।
हामीलाई नेपाल प्रहरी प्रति गर्व नै छ, समाज साँच्चिकै अन्योलग्रस्त, अपराधग्रस्त, बिवेकहिनको दिशा तिर गईरहेको छ । यसलाई न्युनिकरण गर्न अत्यावश्यक छ तर यसलाई प्रतिशोध र बदलाको भावना उत्प्रेरित भई निमुखा र सोझा तथा निर्दोषलाई सिध्याउन फेरि जघन्य अपराध नै हुने छ। फर्केर अपराधिक समाजलाई नियाल्ने हो भने बेरोजगारी बढिरहेको छ, अाफ्नो स्वार्थपुर्ति गर्न र एक रातमै ठूलो पैसा कमाउन अाजको समाज जस्तै निच काम गर्न पनि पछि पर्दैनन् भन्ने दरिलो उदाहरण दिनहु देखिन्छन् । अहिलेको सन्दर्भमा सम्पूर्ण नागरिकले नेपाल प्रहरीलाई साथ दिन नितान्त जरुरी छ, अपराध घटाउन र प्रहरीको मनोबल उच्च राख्न । जबसम्म अदालतलाई राजनितीक हस्तक्षेपद्वारा कमजोर बनाई रहन्छ, अाफ्नो मान्छे ल्याउन बिपरित देखिने ब्यक्तिलाई विभिन्न लान्छना लगाई न्यायालयमा जिम्मेवारीबाट बन्चित बनाईन्छ जब सम्म अदालतले प्रहरीलाई कमाई गर्ने भाँडो बनाई रहन्छ, तबसम्म यो समाज अपराधग्रस्त तथा अन्योलग्रस्त भई नै रहन्छ । प्रहरी दिनरात नभनी, भोक प्यास नभनी सिमीत स्रोत साधनकै भरमा रातोदिन पसिनाले लथपथ भई अपराध पत्ता लगाई अपराधीलाई सम्पूर्ण दसि प्रमाण सहित अदालतमा बुझाउँछ तर खाजा खाने समयमा सहजै अाफ्नो स्वार्थको लागि अपराधीलाई समाजमा फेरि फर्किने वातावरण मिलाईदिन्छ। अाधुनिक कानुनको बिधीले बरू नौ जना अपराधी छुटोस् तर एकजना निर्दोष सजायको भागिदार नबनोस् भन्छ।तर नेपालमा निर्दोष र निमुखा सजायको भागिदार हुन्छन्, दस जनै अपराधी छुट्छन् तथा सजाय भोगिरहेका पनि पावर र पैसाकै भरमा जेलबाटै निकालिन्छ। अाज नेपालमा कसैले यसो ध्यान दिई हेर्ने हो भन्ने अपराधीहरूकै बोलवाला छ, समाजमा अपराधी खुल्लमखुल्ला हिँडिरहेका छन्, ठुला ठुला अोहोदामा अासिन छन्, झन् प्रहरीलाई नै सुरक्षाको नाममा अाफ्नो साथसाथमा लिएर हिँडिरहेका छन्।
भर्खरै २ नम्बर प्रदेशमा घाईते असई सापलाई एम्बुलेन्सबाट थुति हत्या जस्ता जघन्य अपराध गर्ने धिङलाग्दो मनोवृत्ति भएका दोषी नै मन्त्रीको उपाधी पाएर तिनै निमुखा प्रहरीको सुरक्षामा बसि रातोदिन सलामी खाएर बसेका छन्। के यसरी नै तथा यस्तै तालले स्वच्छ समाजको परिकल्पना गर्न सकिन्छ ? अाज यो दुषित समाजमा अपराधीहरूको थिचोमिचो सहेर दुखदायी हालतमा सम्पूर्ण नेपाली बस्न बाध्य भएका छौँ । खोइ कहाँ गए बिवेकशील नागरिकहरू ? अाज सम्पुर्ण नेपाली यस्ता अपराधलाई जरै देखि उखलेर फाल्न जाग्न पर्ने होईन र ? अपराधी मर्दा पनि एकाध दु:खी अात्माहरू यसलाई जातीयताका नारा दिनेहरू देखि सजग हुनु नितान्त जरुरी छ, यस्ता प्रबृत्तिलाई जरै देखि उखालेर फाल्न पनि अत्यन्त अावश्यक छ । यदि स्वच्छ समाजको परिकल्पना नेपाली समाजले गरेको छ भने अब त सोचौं, अति नै भएन र ?
के समाज अन्धकारमा धकेलिरहेको तपाईं चेतनशील नागरिकले देखिरहनु भएको छैन र ? अब जाग्नु पर्छ यी समाज बिरोधी अपराधी बिरूद्व लाग्नु पर्छ भन्ने महशुस गर्न पर्छ भन्ने लाग्दैन र ? अाउनुस अब ढिला भईसक्यो जागौं र जुटौं पब्लिक पनि पुलिस झैँ अपराध बिरूद्व लागौं, प्रहरीलाई साथ दिउँ, प्रहरीलाई उच्च मनोबलमा राखौं । दुईचार जना जातिय द्वन्द्व चाहने भँडुवाद्वारा रचित नाटकले प्रहरीको मनोबल खस्किन नदिउँ । अब अपराध न्युनिकरण कसरी हुन्छ भन्ने कुरा त प्रहरीले अाफ्नो स्थापना काल देखि नीति नियम त बनाउँदै अाएको हो, यसको कार्यन्वयन गर्ने ईच्छा शक्ति त नेता ज्युहरूकै तथा शासन गर्नेहरूकै हुनपर्ने हो, के गर्नु बिचराहरू अाफै अपराधमा जेलिएर र अाफै अपराधी पृष्ठभुमिबाट अाएकै सांसद तथा मन्त्रीहरू छन् । तसर्थ सम्पूर्ण अामा बुवा दाजुभाईले अहिलेको चित्रित समाजलाई मनन गरि प्रहरीलाई साथ दिई अपराध न्युनिकरण तर्फ लागौं। अाजको सन्दर्भमा प्रहरीको छबि खराब हुन नदिन हामी सडकमा उत्रिएर भएपनि साथ दिन जरूरी छ। सम्पूर्ण प्रहरी संगठन अाजको यश अप्ठेरो अवस्थामा एकजुट हुन अावश्यक छ। तिमीहरू मनोबल गिर्न नदिन स्वच्छ समाजका परिकल्पना गर्ने प्रत्येक नेपालीको साथ छ, धैर्य गर। सत्य सेवा र सुरक्षा तथा समाजलाई अपराध मुक्त गर्नु नै मुद्य उद्देश्य हामी समाजको हो भने अदालतलाई पहिलो बिश्वासिलो बनाउ, अपराधी छुट्दैन भन्ने ग्यारेन्टी गर सरकार, होईन भने चार वर्ष बालिका बलात्कार गर्ने नर पिचास जस्तालाई अदालत पुर्याउन अगाडि नै ड्याङकि ड्याङ गोली हान, समाज प्रहरीकै साथमा हुने छ। जय नेपाल ।
(सिंह राष्ट्रिय सरोकार मंचका केन्द्रिय अध्यक्ष हुन)