२०८३ बैशाख ९ गते, बुधबार २३:२८

समर होटलबाट ३० हजार बढी ट्रामाडोल बरामद, भारतीय नागरिक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ लिंक रोडस्थित समर होटलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलको कोठा नं. १०५ मा छापा मार्दा ३० हजारभन्दा बढी ट्याब्लेट ट्रामाडोल फेला पारेको हो।

प्रहरीका अनुसार उक्त कोठाबाट भारत, बिहार राज्यको मोतिहारी जिल्ला भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेललाई नियन्त्रणमा लिइएको छ। बरामद लागुऔषध Tramadol Hydrochloride IP–50 (Tramol) ब्रान्डका रहेको जनाइएको छ, जसको कुल संख्या ३० हजार ट्याब्लेट रहेको छ।

प्रारम्भिक अनुसन्धानमा उक्त लागुऔषध अवैध रूपमा ओसारपसार भइरहेको आशंका गरिएको छ। घटनामा होटल सञ्चालकको समेत संलग्नता हुन सक्ने देखिएकाले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, समर होटलमा आर्थिक लाभका लागि वेश्यावृत्तिसहित अन्य अवैध तथा अश्लील गतिविधि सञ्चालन हुने गरेको भन्ने सूचनामाथि पनि प्रहरी अनुसन्धान केन्द्रित भएको छ।

हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य जारी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM