२०८३ बैशाख १२ गते, शनिबार २१:३४

झुक्यो सरकार, कानून व्यवसायीहरू परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउने

काठमाडौं । कानुन ब्यवसायीहरुसँग सरकार झुकेको छ । बार काउन्सिलको परिचपत्रपत्रका आधारमा मुलुकको केन्द्रीय प्रशासनिक अड्डा सिंहदरबारमा प्रवेश गर्दैआएका कानुन ब्यवसायीहरुलाई सरकारले रोक लगाएको थियो ।

प्रशासकीय अदालत सिंहदरबारभित्रै भएकाले कानुन ब्यवसायीहरुले बार काउन्सिलको परिचयपत्रका आधारमा प्रवेश गर्न पाउँदैआएका थिए । तर मंगलबारबाट सरकारले रोक लगाएर भित्रबाट पास लिएर मात्र जान पाउनेगरी रोक लगाएपछि नेपाल बार एशोसिएसनदेखि कानुन ब्यवसायीसँग सम्बन्धित संघ संगठनहरुले बिरोध गरेका थिए ।

सिंहदरबार प्रवेश गर्न दिनुपर्ने पक्षमा बरिष्ठ अधिवक्ताहरुले समेत सामाजिक संजालमा लेखेपछि सरकार झुक्न बाध्य भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM