२०८३ बैशाख १२ गते, शनिबार २२:५७

ई-बिडिङ सिष्टम ह्याक गरी ठेक्का लिने ६ ठेकेदार पक्राउ

काठमाडौं । विद्युतीय बोलपत्र प्रणाली(ईबिडिङ सिष्टम) ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जना निर्माण ब्यवसायीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साईबर ब्यूरोले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐनमा मुद्दा चलाउनुका साथै संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।

सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ईगभर्मेन्ट प्रक्युपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गर्ने दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर अर्याल, सागर कटुवाल र जीवनकुमार दासलाई बिभिन्न मितिमा नियन्त्रणमा लिएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ-‘सार्वजनिक खरिद अनुगमन कार्यालय को ई–जीपी ईगभर्मेन्ट प्रक्युपमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुरÞ्याई बिभिन्न ठेक्काहरूका विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गर्ने कार्य गरेको उजुरीका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भइसकेको छ ।

उक्त कसूरमा संलग्न शंकास्पद व्यक्तिहरुलाई सीआईबी तथा साइबर ब्यूरोको संयुक्त टोलीले नियमानुसार पक्राउ गरी हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।’

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM