२०८३ जेष्ठ ११ गते, सोमबार ०२:५१

होटल व्यवसायी संघले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गर्ने

काठमाडौँ/जिल्ला होटल व्यवसायी संघ काठमाडौंले विसं २०८३ सालको क्यालेन्डर सार्वजनिक गर्ने भएको छ। काठमाडौँको तिलगंगास्थित होटल पालज्ञामा आगामी चैत २३ गते सोमबार दिउँसो २ बजे कार्यक्रम आयोजना गर्ने संघले जनाएको छ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना आदानप्रदानसमेत गरिने उक्त कार्यक्रममा संघसँग आबद्ध व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला तथा अन्य अतिथिहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

संघ का अध्यक्ष सुरेश बरालका अनुसार , क्यालेन्डर सार्वजनिक र बधाई एवंम सम्मान कार्यक्रम ले व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, सहकार्य बढाउने र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रहने यस कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै व्यवसायीहरूको सहभागिताका लागि आह्वान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM