काठमाडौँ/वरिष्ठ समाजसेवी तथा शोभित उप्रेती ले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नयाँ सरकार गठनसँगै मुलुक पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउजस्ता घटनाले देश अस्थिरताको नयाँ चरणतर्फ उन्मुख हुन सक्ने संकेत गरेको उल्लेख गरेका छन्।
उप्रेतीका अनुसार अहिलेको राजनीतिक अवस्था संवेदनशील बन्दै गएको छ, जसले नेपाललाई फेरि अस्थिरताको चक्रमा फसाउने जोखिम बढाएको छ। यस्तो परिस्थितिमा देशको हितका लागि सबै राजनीतिक तथा सामाजिक शक्तिहरूबीच संवाद, सहकार्य र आपसी समझदारी अपरिहार्य रहेको उनको जोड छ।
त्यस्तै, उनले अन्तर्राष्ट्रिय शक्तिहरूको बढ्दो प्रभावप्रति पनि सचेत रहन आग्रह गर्दै नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रहरूको प्रयोगस्थल बन्न नहुने स्पष्ट पारेका छन्।
















