२०८३ जेष्ठ ११ गते, सोमबार १३:२६

गोली चलाउन आदेश दिएको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो : पूर्वआईजीपी खापुङ

काठमाडौं । नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश नदिएको खुलासा गरेका छन् ।उनले जाँचबुझ आयोगलाई दिएको बयानमा गोली प्रयोगका विषयमा आफ्नो स्पष्ट भूमिका र न्यायसंगत निर्णयको आधार सार्वजनिक गरेका हुन् ।

खापुङका अनुसार, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यू कार्यान्वयनमा आफ्नो प्रत्यक्ष भूमिका नहुने भए पनि फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूले परिस्थिति अनुसार कानुनबमोजिम निर्णय लिन सक्ने अधिकार राख्थे।’गोली चलाउन प्रेरित गरेको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो,’ उनले बयानमा भनेका छन्।उनले संसद् भवन परिसरमा तोडफोड, आगजनी, सुरक्षा पोस्टमा हमला र हतियार खोस्ने प्रयास भइरहेका बेला फिल्ड अधिकृतहरूले जोखिम मूल्यांकन गर्दै न्यूनतम बल प्रयोग गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM