२०८३ जेष्ठ १२ गते, मंगलवार ०१:४२

फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोपमा कांग्रेसका १६ नेता कारबाही सिफारिसमा

काठमाडौँ । नेपाली काँग्रेस बारा जिल्ला सभापति राजेश राय यादवसहित १६ जनाविरुद्ध अनुशासनात्मक कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरिएको छ।

बारा–३ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निर्वाचनका क्रममा असहयोग गरेको आरोप लगाउँदै जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष पठाएको हो। क्षेत्रीय सचिव राजेश भण्डारीले सो जानकारी दिएका छन्।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएकाहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरिएको उल्लेख छ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिहरूमा जिल्ला सभापति राजेश राय यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) का सभापति हरिप्रवेश यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख) का उपसभापति श्रीनिवास यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) का उपसचिव केदार साह, कलैया उपमहानगर कार्यसमितिका उपसभापति अम्बिका यादव, क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि बजरंगी साह, कलैया उपमहानगरपालिका–६ का सभापति भोला राय यादव, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्य रबिन्द्र यादव (रोवान) र रविकरण साह कलवार, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ का सहसचिव नाजिर अन्सारी, नेपाल तरुण दल बाराका कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेक, मधेश प्रदेश कार्यसमितिका सदस्य मो. अतिउर रहमान (पपपु), प्रदेश महाधिवेशन प्रतिनिधि अवधेश यादव तथा कलैया उपमहानगरपालिका-५ का क्षेत्रीय प्रतिनिधि हरि यादव (हरिन्द्रप्रसाद राउत) रहेका छन्।

क्षेत्रीय कार्यसमितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै उनीहरूमाथि आवश्यक अनुशासनात्मक कारबाही गर्न केन्द्रलाई आग्रह गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM