२०८३ जेष्ठ १२ गते, मंगलवार १०:०६

पेट्रोलियम पदार्थको मूल्यबृद्धि

काठमाडौ । निर्वाचनको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ बृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ ।

इन्डियन आयल कर्पोरेसनले फागुन ३ गतेबाट पेट्रोलमा १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ २ पैसाले मूल्यबृद्धि गरेको उल्लेख गर्दै उपभोक्तावर्गको हितलाई मध्यनजर गरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मात्र बढाएको आइतबार राति जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार बिहानदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM