२०८३ जेष्ठ १२ गते, मंगलवार १०:०५

नेपाली काँग्रेस उम्मेदवार सपना राजभण्डारी जोशीको परिचयात्मक कार्यक्रम

– अंकित ध्वज खड्का/

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ बाट नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारी जोशीको वडा नं १९ स्थित यट्खा बहालमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उम्मेदवार जोशी र स्थानीय बासिन्दाबीच प्रत्यक्ष संवाद तथा परिचयात्मक भेटघाट गरिएको थियो। कार्यक्रममा क्षेत्रका विभिन्न विषयमा छलफल हुनुका साथै स्थानीय समस्याबारे सुझाव आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ८ का क्षेत्रीय सभापति राजेश श्रेष्ठ, नेपाली कांग्रेस वडा नं. १९ का सभापति गोविन्द श्रेष्ठ, वडा सदस्य चन्द्रमान डंगोललगायत क्षेत्रका सरोकारवाला व्यक्तित्व, पार्टी कार्यकर्ता, स्थानीय बासिन्दा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस वडा नं. १९ इकाइ परिवारको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उम्मेदवार सपना राजभण्डारी जोशीले स्थानीयका हरेक समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM