२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:१७

होटल व्यवसायी संघ काठमाडौंको सातौँ वार्षिक साधारणसभा फाल्गुण २ गते

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको सातौँ वार्षिक साधारण सभा मिति २०८२ फाल्गुण २ गते शनिबार बुढानिलकण्ठस्थित पवेरा हेरिटेज बुटिक होटलमा होटल तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा भव्य रूपमा सम्पन्न हुने भएको छ।

संघमा आबद्ध सातवटा इकाइबाट प्रतिनिधित्व गर्दै आएका होटल व्यवसायी प्रतिनिधिहरूको सक्रिय सहभागितामा साधारण सभा आयोजना गरिएको संघका अध्यक्ष सुरेश बरालले जानकारी दिनुभयो। उहाँका अनुसार साधारण सभाले संघको संगठनात्मक सुदृढीकरण, नीति निर्माण तथा होटल व्यवसायीहरूको सामूहिक आवाज सशक्त बनाउने उद्देश्य राखेको छ।

साधारण सभामा काठमाडौं जिल्लाभित्र सञ्चालनमा रहेका साना, मझौला तथा ठूला होटल व्यवसायीहरूको प्रतिनिधित्व रहनेछ। कार्यक्रममा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आय–व्यय विवरण प्रस्तुतिका साथै संगठनात्मक प्रगतिको समीक्षा र आगामी दिनमा अवलम्बन गरिने नीति, कार्यक्रम तथा कार्ययोजनाबारे विस्तृत छलफल हुने संघका महासचिव सैलेन्द्र विक्रम थापाले जानकारी दिनुभयो।

संघका अनुसार साधारण सभामा होटल तथा पर्यटन व्यवसायीहरूले भोग्दै आएका समसामयिक समस्या, सरकारी नीतिगत चुनौती, पर्यटन उद्योगमा देखिएका अवसर र सुधारका सम्भावित उपायहरूबारे साझा धारणा निर्माण गर्ने लक्ष्य लिइएको छ। विशेष गरी कोभिड–१९ र विभिन्न आन्दोलनपछिको पर्यटन पुनरुत्थान, आन्तरिक पर्यटन प्रवर्द्धन, व्यवसायिक मर्यादा, सेवा गुणस्तर अभिवृद्धि तथा श्रमिक व्यवस्थापनका विषयहरू छलफलको प्राथमिकतामा रहनेछन्।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश, होटल व्यवसायी महासंघ नेपाललगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत सहभागिता रहने संघले जनाएको छ। यसले होटल तथा पर्यटन उद्योगमा क्रियाशील संघ–संस्थाबीच सहकार्य, समन्वय र साझा आवाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैबीच, संघका अध्यक्ष सुरेश बरालले संघअन्तर्गत रहेका सम्पूर्ण होटल व्यवसायी तथा प्रतिनिधिहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभएको छ। उहाँले साधारण सभा संघको नीति निर्माण, संगठन सुदृढीकरण र व्यवसायिक हितका विषयमा सामूहिक निर्णय लिने महत्वपूर्ण अवसर भएकाले सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

जिल्ला होटल व्यवसायी संघ, काठमाडौं लामो समयदेखि काठमाडौं जिल्लाभित्र होटल व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायिक क्षमता अभिवृद्धि तथा पर्यटनमैत्री वातावरण निर्माणमा क्रियाशील रहँदै आएको संस्था हो। संघले व्यवसायीहरूको समस्या राज्यका सरोकारवाला निकायसम्म पुर्‍याउने, नीतिगत सुधारका लागि सुझाव दिने तथा पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संघले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, होटल व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने, पर्यटकमैत्री सेवा प्रवाह तथा काठमाडौंलाई सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ। साथै, होटल व्यवसायीहरूबीच एकता, सहकार्य र पेशागत मर्यादा कायम राख्न संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

संघका पदाधिकारीहरूका अनुसार सातौँ वार्षिक साधारण सभाबाट पारित हुने निर्णयहरूले आगामी दिनमा काठमाडौंको होटल तथा पर्यटन उद्योगलाई थप संगठित, व्यवसायिक र दीगो बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM