२०८३ बैशाख २२ गते, मंगलवार १४:३५

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो।

हिजो आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। पछिल्ला दिनमा निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM