२०८२ मंसिर १० गते, बुधबार १९:३७

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको छ। अघिल्लो दिन मंगलबार ५ हजार २०० ले बढेको सुन आज ९०० ले वृद्धि भएको हो।

नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ८०० कायम भएको छ। मंगलबार प्रतितोला सुन २ लाख ४७ हजार ९०० पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला चाँदी ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM