२०८३ बैशाख १७ गते, बिहीबार ०१:२९

आईजीपी कार्कीबाट एआईजी र दुई डिआइजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं। नेपाल प्रहरीका तीन वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दान कार्कीले हालै पदोन्नति प्राप्त तीन जना अधिकारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभयो।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की, प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्व अधिकारी तथा प्राविधिक समूहका प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन्।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले नव–सुशोभित अधिकृतहरूको धर्मपत्नी तथा परिवारजनलाई बधाई व्यक्त गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो।

दर्ज्यानी चिन्ह प्रदानसँगै पदोन्नति प्राप्त अधिकारीहरूले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM