२०८२ मंसिर ९ गते, मंगलवार १७:५८

अराजक शैलीमा सिंहदरबार पस्न खोजेका मिराज ढुङ्गाना पक्राउ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरेका छन् ।

आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

सिंहदरबार प्रवेश गर्न खोज्दा मिरजसहितलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको थियो ।

सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो ।

‘आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना थियो । सोहीअनुसार प्रदर्शनको लागि गएका हौँ । अब यो आन्दोलन हाम्रो माग पूरा नभएसम्म निरन्तर जारी रहन्छ,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM