२०८३ बैशाख ७ गते, सोमबार १४:१६

रास्वपाबाट बाहिरिए वरिष्ठ अधिवक्ता घिमिरे

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् ।उनले केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कानुन विभाग लगायत अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टीको विधान मस्यौदा कार्यदलमा रहेर योगदान गर्दै आएका थिए ।

घिमिरेले खासगरी प्रवासी नेपाली र गैरआवासीय नेपालीसँग सम्बन्धित विद्यमान कानुनको गहन पुनरावलोकन गरी उनीहरूका समस्या समाधान गर्ने कानुनी मस्यौदा तयार पारेका थिए ।गैरआवासीय नेपालीलाई नेपालको विकास निर्माणसँग जोड्ने कानुनी बाटो बलियो बनाउन नागरिकता, लगानी लगायतका कानुनमा संशोधन गर्नु पर्ने सुझाव उनले तयार गरेका थिए । साथै, संविधान र कानुनको संशोधनको पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्नुपर्ने कुरा उनले उठाउँदै आएका थिए ।रवि लामिछानेको सहकारी मुद्दामा कास्की जिल्ला अदालतमा कानुन विज्ञको भूमिका निर्वाह गरे पनि अन्य अदालतमा रवि लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूमा भने संलग्न थिएनन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM