२०८२ मंसिर १ गते, सोमबार ०६:१९

जेनजी अगुवा शाही पक्राउ

काठमाडौँ । जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ उनलाई कोटेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन भट्टराईले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् । सूचना अधिकारी भट्टराईका अनुसार उनीमाथि आपराधिक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो ।

शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, बायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।

शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेको थियो । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको सामाजिक सञ्जालमा भिडियो फुजेटमा देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM