२०८२ कार्तिक २४ गते, सोमबार ०९:३५

आवासमा आगजनी गरेका जेनजी थापा पक्राउ

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा बस्दै आएका २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको हो।

मुख्यमन्त्री निवासमा भदौ २४ को जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको थियो। फेरि भदौ १२ गते पनि त्यहाँ आगजनी भएको थियो।असोज १२ गते रातिको समयमा पोखरा महानगरपालिका–६ सहिद चोकमा रहेको मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले नेपाल राष्ट्र बैंक परिसरनजिकै रहेको एनआईएमबी बैंकको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको पनि खुलेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM