२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:३९

प्रहरीको हतियार लुट्ने र हिरासतबाट भाग्ने युवक ब्राउन सुगरसहित पक्राउ 

झापा । झापाको दमकमा प्रहरीले शनिबार साँझ लागूऔषध ब्राउन सुगरसहित आठ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार दुई युवक पनि परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ परेका मध्ये दमक–३ का १८ वर्षीय आदित्य लिम्बूले जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेका थिए ।त्यस्तै मोरङ मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्ति हुन्, जो हिरासतबाट फरार भएका थिए ।

शनिबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–३, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ‘ए–३’, हट नं. ३५३ मा छापा मारेको थियो।

प्रहरीका अनुसार सो घरमा साजन थापा बस्दै आएका थिए, जहाँ लागूऔषध बिक्री र वितरण भइरहेको सूचना प्राप्त भएपछि खानतलासी गर्दा चस्माको खोलभित्र लुकाइराखिएको ७.८ ग्राम ब्राउन सुगर बरामद भएको हो ।

प्रहरीले घटनास्थलबाट ८ जनालाई पक्राउ गरेको छ । थापासहित इलाम चुलाचुली ३ का ३२ वर्षीय दीपेश तामाङ, चुलाचुली ३ का ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२, हट नं.१९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेललाई पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM