२०८३ बैशाख ३१ गते, बिहीबार ०१:१४

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ

काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुससहित पक्राउ गरेको हो ।भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, बोडे घर भएका दाहाल काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत थिए । उनले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्दा घुस रकम लिएको उजुरीका आधारमा अख्तियारले निगरानी गरेको थियो।

आयोगका अनुसार दाहालले बिल भुक्तानीका क्रममा रिसवतका रूपमा रकम लिई कार्यकक्षमै लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो ।उनको कार्यकक्षबाट एक लाख २० हजार ८५० नगद, मोबाइल फोन १ थान, र संबन्धित कागजातहरू बरामद गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।उनका अनुसार दाहालविरुद्ध घुस/रिसवतसम्बन्धी मुद्धामा थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM