२०८३ बैशाख ३१ गते, बिहीबार ०१:०७

बारामा चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

बारा , २४ असोजः बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ ।
कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको भदैया धान (एक हजार ६१५ हेक्टर), अगहनी (एक हजार ३५७), उखुबाली (४३७ हेक्टर) तथा तरकारी (४८८ हेक्टर) डुबानमा परेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउनसक्ने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM