२०८३ बैशाख १७ गते, बिहीबार १४:०८

प्रहरी परिसरमा बालेन र सुधन विरुद्ध जाहेरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन्।

मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगी उनीहरु विरुद्ध जाहेरी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए। कानूनी राज्यको पक्षधर भएकोले आफूहरुले जाहेरी दिएको बताए।

‘हामीले जाहेरी दिएका छौं। २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ,’ उनले भने, ‘हामी कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएका हौ।’

उनले सिंहदरबारसहित सरकारी संरचनामा आगजनी, तोडफोड गर्नेहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने भन्दै प्रमाणसहित प्रस्तुत गरेको बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM