२०८२ माघ १ गते, बिहीबार ०५:५१

जेन-जी आन्दोलन: दीर्घकालीन सुधारको बाटोमा अल्पकालीन चुनौती

– प्रनल थापा

जेन-जी आन्दोलन नेपाली समाजमा अचानक उत्पन्न भएको विद्रोह मात्र थिएन, यो एउटा ऐतिहासिक क्षण थियो जसले परिवर्तनको द्वार खोलिदियो। दुई दिनमै आफ्नो ज्यानको जोखिम मोल्दै युवाहरूले तत्कालीन सरकारलाई ढाल्न र नयाँ बाटो पहिल्याउन गरेको संघर्ष असाधारण थियो। यसमा निडरता, राष्ट्रप्रेम र निर्णायक साहस स्पष्ट देखिन्थ्यो। तर, यस आन्दोलनसँगै केही गल्ती, कमजोरी र राजनीतिक अज्ञानता पनि निस्सन्देह गाँसिएका थिए, जसको स्वीकारोक्ति र सुधार आगामी यात्राका लागि अपरिहार्य छ।

मुख्य समस्या आन्दोलनको माग र रणनीतिमा देखियो। प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणा आफैंमा गलत होइन, बरु भविष्यको बहसको विषय हो। तर संविधान गहिराईमा नपढी, विज्ञसँग पर्याप्त परामर्श नगरी र सामाजिक सञ्जालमा आधारित तर्कका भरमा यो माग प्रस्तुत गर्दा आन्दोलनले आफ्नै एजेन्डालाई कमजोर बनायो। विशेषतः प्रतिनिधि सभा विघटनको मागले आन्दोलनको नैतिक शक्तिलाई चुनौती दियो र दीर्घकालीन समाधानको सट्टा अस्थिरताको द्वार खोलिदियो। यही नै ‘अल्पकालीन लाभका लागि दीर्घकालीन पीडा’ थियो।

त्यस्तै, तत्कालीन अन्तरिम सरकारलाई स्थायी सरकारजस्तै ठानेर तत्काल सबै माग पूरा गर्न दबाब दिन खोजिनु अर्को गल्ती थियो। अन्तरिम सरकारको सीमित भूमिकालाई नबुझ्दा आन्दोलनले आफ्नो रणनीतिक ऊर्जा अनावश्यक द्वन्द्वमा खर्च गर्‍यो। सरकारलाई अनुसन्धान र बलिदानीको न्यायमा जोड दिन सक्ने ठाउँमा, संविधान संशोधन वा संरचनात्मक परिवर्तन तत्कालै गर्नुपर्ने माग गर्दा आन्दोलन यथार्थभन्दा टाढा पुगेको देखियो।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाई भविष्यमा पुनः उठाउने हो भने यसका सम्भावित परिणामलाई ऐतिहासिक उदाहरणबाट सिक्नुपर्छ। इजरायलमा सन् १९९६ देखि २००१ सम्म यस्तो व्यवस्था लागू भए पनि सत्ता सन्तुलन बिग्रँदा संसद विघटन, गठबन्धन संकट र अन्ततः प्रणाली नै खारेज भएको उदाहरण छ। नेपालजस्तो बहुल समाजमा शक्ति सन्तुलन, सहकार्य र संस्थागत स्थायित्वलाई बेवास्ता गरेर हतारमा यस्तो व्यवस्था भित्र्याउनु खतरनाक हुन्छ।

सुधारको बाटो भने अवश्य खुला छ। आगामी निर्वाचनलाई अवसरको रूपमा लिनुपर्छ। यही निर्वाचनमा योग्य र सक्षम व्यक्तिहरूलाई समर्थन गरेर भविष्यको संविधान संशोधन र दीर्घकालीन माग पूरा गर्ने आधार बनाउन सकिन्छ। पुराना दलहरूको असफलता मात्रै दोषी होइन, नागरिकहरूले पनि विगतमा स्पष्ट बहुमत नदिएको गल्ती आत्ममन्थन गर्नैपर्छ। अबको आवश्यकता भनेको नयाँ व्यक्तिहरूलाई देवत्व नदिई, विवेकपूर्वक, क्षमता र गुणको आधारमा नेतृत्व रोज्नु हो।

जेन-जी आन्दोलनले देखाएको साहस ऐतिहासिक छ, तर त्यसले गरेका त्रुटिहरू स्वीकार गर्नु आवश्यक छ। सत्यलाई स्वीकारेर मात्र सुधारको बाटो खोलिन्छ। राजनीतिक समस्या राजनीतिक मार्गबाटै समाधान हुन्छन्। त्यसैले मतको सही प्रयोग, योग्य नेतृत्वको चयन र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता नै आगामी यात्राको मूल आधार हो। जब नागरिक सचेत भएर योग्य व्यक्तिलाई जिताउँछन्, तब मात्र माग पूरा हुने मार्ग प्रशस्त हुन्छ र त्यो क्षण नै वास्तविक उत्सव हुनेछ। यही हो लोकतन्त्रको सार, यही हो जनआन्दोलनको सही उपलब्धि।

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM