२०८३ जेष्ठ ३ गते, आईतवार १८:१७

दशैको अवसरमा निःशुल्क कपडा वितरण

वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले आफ्नो आम्दानीको ५ प्रतिशत रकम दिनदुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्दा मानवता बलियो हुने बताए । मानवको सेवा नै सर्वाेत्तम धर्म हो भन्दै दशै पर्वको बधाइ शुभकामना ब्यक्त गरे । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश उपाध्याय, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, श्रवण बहादुर रायमाझी, रूपशिला जैसवाल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM