२०८२ माघ २६ गते, सोमबार २०:०८

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

धनुषा, १० असोजः दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल प्रहरी, चार सय ५० जना सशस्त्र प्रहरी र ९० जना ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन गरिएका छन् । सुरक्षाका लागि मुख्यमुख्य चोक तथा क्षेत्रमा जाँच, गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरेको र सहरी क्षेत्रमा कुनै समस्या उत्पन्न भए पाँच मिनेटभित्र तथा ग्रामीण क्षेत्रमा १० मिनेटभित्र प्रहरी टोली पुग्ने गरी व्यवस्थापन योजना बनाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
यस्तै, प्रहरीले नगरवासीलाई शङ्कास्पद गतिविधि गरेको पाइए वा कुनै व्यक्तिमाथि सङ्का लागेमा तुरुन्त जानकारी दिन आग्रहसमेत गरेको छ ।
विशेष सुरक्षा योजना अन्तर्गत राजदेवी मन्दिरलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड व्यवस्थापन, चोरी–डकैती नियन्त्रण तथा सम्भावित दुर्घटना रोकथाम प्राथमिकतामा राखिएको धनुषाका ट्राफिक प्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । प्रहरी प्रशासनले भक्तजनको सुरक्षालाई सुनिश्चित गर्न पूर्वतयारीका साथ अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM