२०८३ असार १२ गते, शुक्रबार ०७:०५

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय बढेको हो।

त्यसैगरी आज चाँदी दुई हजार ६८० मा किनबेच हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM