२०८३ जेष्ठ ३ गते, आईतवार २३:४०

दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा २५औ पटक खुल्ला रक्तदान कार्यक्रम

३ महिलासहित १०५ जनाले गरे रक्तदान वीरगंज ४ असोज । दुर्गापुजा सेवा समिति रानीघाटले शनिवार २५औ पटक खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।
रानीघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेको दुर्गा पूजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतले जानकारी गराएका छन् ।
उनकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज माहानगरपालिका वडा ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता, रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल, वडा सदस्यहरू रामप्रसाद चौहान, गिता मानन्धर, सोनी पासवान, लालबाबु सराफ, समाजसेवी गोपाल रौनियार, सदस्य समाजसेवी दिनानाथ रौनियार, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रममा सोनी पासवान, सुदामा देवी गुप्ता, सुषमा सिंह राजपुत, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, राहुल सिंह राजपुत, राम जि साह, मुकेश ठाकुर, अतुल सिंह, रितेश सुवेदी, रहमत अन्सारी, प्रीन्स कलवार, नसिब अन्सारी, मनि कुमार मिश्र, दिपेश कुमार कर्ण, मोहम्मद सिकन्दर अन्सारी, दिपेन्द्र राज, अमृत सागर पौडेल, कृष्ण यादव, सजन चौधरीलगायतले अमुल्य रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष गुप्ताले वीरगंजमा रगतको कमी भएको समयमा रक्तदान कार्यक्रमको आज २५औ पटक गरेकोमा दुर्गा पुजा समिति परिवारको प्रसंशा गरे । अध्यक्ष सिंहले दुर्गापुजा सेवा समितिले बार्षिक रूपमा २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने क्रममा आज २५ औ सिल्बर जुबली रक्तदान कार्यक्रममा सहयोगी हातहरूलाइ धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM