२०८३ जेष्ठ ३ गते, आईतवार २३:४०

अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ।
बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो। जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको सक्रियतामा शुक्रबार बिहान उक्त बाघलाई नियन्त्रणमा लिन सफल भएको हो।
यसअघि पटक–पटक प्रयास गरिए पनि बाघ नियन्त्रणमा आउन नसकेपछि स्थानीयवासी त्रसित बनेका थिए। अमलेखगञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गर्ने घटनाले जनजीवन असुरक्षित बनेको थियो।
बाघ समातिएपछि स्थानीयवासीले अब त्रास कम हुने विश्वास व्यक्त गरेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा लैजाने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM