२०८३ जेष्ठ ३ गते, आईतवार २३:४०

वीरगंज महानगरमा रात्रिकालीन कफर्यु हटाइयो

वीरगंज, २ असोज । जिल्ला प्रशासन कार्यालय पर्सा पर्सा जिल्लामा लगाइएको रात्रिकालीन कफर्यु हटाइएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्ष्Fा समितिले लगाएको रात्रिकालीन कफर्यु हटाउने निर्णय गरेको हो । महानगरपालिकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्दै आएको कफर्यु हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा उल्लेख छ । कफर्यु हटाइए पनि वीरगंज महानगरपालिकाका दुर्ई क्षेत्रलाई भने ‘दङ्गाग्रस्त क्षेत्र’ कायमै राखिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम ती क्षेत्रहरूलाई अर्काे आदेश नभएसम्म दङ्गाग्रस्त घोषित गरिएको छ। घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र सोको कम्पाउन्डभित्रको क्षेत्रलाई दङ्गाग्रस्त घोषित गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हस्ताक्षर गरेको सूचनामा शान्ति सुव्यवस्था कायम राख्नका लागि यो निर्णय गरिएको उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM