२०८२ भाद्र ३१ गते, मंगलवार १७:५५

बाराको पतगछियाका तीनजनाको एकै दिन मृत्यु

बारा, ३१ भदौ । बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ पतगछियाका तीनजना स्थानीय वासीको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
४५ वर्षीय गोपाल यादव, ३० वर्षीय रविशंकर यादव र ४० वर्षीय अजमुल मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् ।
गोपालको स्थानीय अस्पताल र अन्य दुईजनाको भारत मोतिहारीस्थित अस्पतालमा मृत्यु भएको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तीन जनाले भदौ २९ गते एकै ठाउँमा बसेर मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेको भोलीपल्ट तीनै जना बिरामी परेको र उपचारका क्रममा केही घण्टाको फरकमा तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विषाक्त मदिरा वा खाना सेवनबाट उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान गरिरहेको छ ।
गोपाल र रविशंकरको पतगछिया र अजमुलको भारतमै दाहसंस्कार गरिएपछि मात्रै घटनाबारेमा प्रहरीलाई जानकारी गराएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM