२०८३ जेष्ठ ४ गते, सोमबार ०२:२४

बारामा निषेधाज्ञा हटाइयो

वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् । त्यस्तै जिल्लामा रहेका स्थानीयतह लगायत अन्य सरकारी कार्यालय, शैक्षिक संस्था पनि आज देखि खुल्ने भएका छन । शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतवारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिएको छ । आन्दोलनका कारण केही दिन देखि सम्पुर्ण कार्यालयहरू ठप्प भएको थियो । बारामा समेत कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, विश्रामपुर गाउँँपालिका लगायत कार्यालयमा तोडफोड भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM