२०८३ जेष्ठ ४ गते, सोमबार ०२:२२

महानगर कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनको फाइदा उठाएर वीरगंज महानगरपालिकाको कार्यालयको सामान लुटपाट गरेको आरोपमा नगर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–५ घर भई वीरगंज महानगरपालिका–१० अशोकवाटीकामा डेरा लिएर बस्दै आएका २२ वर्षीय सुधीर पटेल रहेको नगर प्रहरीले जनाएको छ । आइतवार महानगरको नगर प्रहरी प्रमुख हरि भुसाल नेतृत्वमा खटिएको टोलीले पटेललाई लुटिएका विभिन्न सामानसहित पक्राउ गरेको हो।
पटेलको साथबाट ९ थान कम्युटरको हार्ड डिस्क, ३ थान क्यामेरा, ९ थान डेस्कटप मनिटर, १ थान सिपियूका साथै विभिन्न केबल र अन्य विद्युतीय उपकरणहरू बरामद गरिएको नगर प्रमुख भुसालले जानकारी गराएका छन् ।
पक्राउ परेका पटेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको र आजगनी तथा लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको नगरप्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM