२०८३ जेष्ठ ४ गते, सोमबार ०३:२३

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

काठमाडौँ, २७ भदौ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ ।
प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख सम्म हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने सेप्टेम्बर १८ तारिखमा बंगलादेशको सामना गर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।
नेपाली टोलीको गोलकिपरमा पेम्बानुर्बु भोटे, राम बोहरा र विशेष बानियाँ छन् । त्यसैगरी रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।
यसैगरी मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान छन् भने फरवार्डमा समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ छन् । रासस

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM