२०८३ जेष्ठ ४ गते, सोमबार ०४:२४

चारजना कैदी गोली लागेर घाइते, फरार ७८ जना बालकैदी पक्राउ

वीरगंज, २५ भदौं । वीरगंज कारागारको पर्खाल भत्काएर भाग्ने क्रममा चारजना कैदीलाई नेपाली सेनाले गोली हानेर घाइते बनाएको छ ।
वीरगंज कारागारका कैदीहरूले कारागारको पर्खाल फोडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यही प्वालबाट कारागारभित्र गोली चलाएको थियो ।
सेनाले चलाएको गोली लागेर कैदीहरू विकास जयसवाल, विकास लामा, सन्जिव साह र राजा कुमार घाइते भएका छन् । घाइते चारै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
वीरगंज कारगारलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारैतिरबाट घेरामा लिएर अवस्था नियन्त्रणमा लिएको छ ।
यसैगरी, वीरगंज–४ विर्तामा रहेको बाल सुधार गृहबाट १४६ बाल कैदीहरू मंगलवार राति देखि भागेकोमा तीमध्ये ७८ जनालाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगंजका विभिन्न स्थानबाट फरारमध्येका ७८ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मिश्रले बताए । फरार ६८ जनाको खाजी भइरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM