२०८३ जेष्ठ ४ गते, सोमबार ०८:०२

मानव बेचबिखन नियन्त्रणमा पर्सा अगाडि, एसपी मिश्र सम्मानित

वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रहरी उपरीक्षक मिश्रलाई कदरपत्र दिएर सम्मानित गर्नुभयो।
प्रहरी उपरीक्षक मिश्रको प्रयासले भारतमा ठूलो संख्यामा बेचिएका चेलीहरूको उद्धार गरिएको र यस अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइएकोले उहाँलाई सम्मानित गरिएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहसहित अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM