भेलाले क्षेत्र १ मा राम सुन्दर आर्यको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपसभापतिमा पम्फा गिरि, श्याम बाबू गुप्ता सचीवमा कासिम मियाँ र सदस्यहरूमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन । त्यसैगरी क्षेत्र २ मा फैयाद मियाँको सभापतित्वको समितिमा उपसभापति परितोश द्विबेदी, शान्ति ढकाल, सचिवमा किशन साह र सदस्यहरूमा बिजय यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय चुनिएका छन । रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै नै पर्साका बाँकी रहेका क्षेत्र न ३ र ४ पनि गठन गरेर चारै वटा क्षेत्रलाई पूर्णता दिइने बताए । सभापति पन्तले जिल्लाका शिक्षित र बौद्धिक बर्गहरू रास्वपामा जोडिने क्रम तीब्र रहेको बताएका छन् ।

रवि विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने निर्णय
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष















