२०८२ माघ २९ गते, बिहीबार २२:४५

पाँचतारे होटलमा कोदोको सेलरोटी, नेपाली स्वादमा विदेशी पाहुना दङ्ग

काठमाडौं, बुढानीलकण्ठ/
नेपाली खाना प्रवर्धन अभियान अन्तर्गत भोजनलिपि स्वाद ले पहिलोपटक पाँचतारे होटलमा कोदोको परिकार प्रस्तुत गरेको छ। गत शनिवार बुढानीलकण्ठस्थित पाँचतारे होलिडे इन रिसोर्टमा आयोजित कार्यक्रमको आकर्षण लाइभ-किचनमा बनेको कोदोको सेलरोटी रह्यो।

अभियानले स्थापना गरेको विशेष नेपाली परिकार स्टलमा कोदोको सेलरोटीका साथै कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु पनि राखिएको थियो। तीमध्ये सबैभन्दा बढी रुचाइएको परिकार कोदोको सेलरोटी भएको आयोजकले जनाएका छन्। उपस्थित नेपाली तथा विदेशी पाहुनाले कोदोका व्यञ्जनको स्वाद चाखेर प्रशंसा गरेका थिए।

यो परिकार प्रस्तुति खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेलको नेतृत्वमा सम्भव भएको हो। उहाँसँगै सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानले तयारीमा सहकार्य गरेका थिए। अभियानका संयोजक देवीप्रसाद सापकोटाका अनुसार, सरकारले कोदो खेती प्रवर्धन गर्ने नीति अवलम्बन गर्दै ‘राष्ट्रिय कोदो दिवस’ मनाइरहेको सन्दर्भमा यो प्रस्तुति गरिएको हो।

अभियान भोजनलिपि स्वाद ले यसअघि विभिन्न रेस्टुराँमार्फत पाँच संस्करणको प्रवर्धनात्मक कार्यक्रम सम्पन्न गरिसकेको छ। यस अवधिमा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार प्रस्तुत गरिएका छन्। अभियानले आगामी दिनमा स्वदेश र विदेश गरी कुल १०० संस्करण कार्यक्रम गर्ने लक्ष्य लिएको संयोजक सापकोटाले जानकारी दिए।

अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककला अनुसन्धानमा आधारित भोजनलिपि स्वाद विभिन्न नेपाली खानाको परिकार अध्ययन र प्रवर्धनमा केन्द्रीत रहँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM