२०८२ असार २२ गते, आईतवार ००:१४

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर भारत प्रवेश गर्ने बङ्गलादेशको कुम्मीला, ढाका निवासी अन्दाजी ५० वर्षीय सैयद इकबाल अहमद पक्राउ परेको एसएसबीले जनाएको छ । वैध यात्रा कागजात (भिसा) विना भारत प्रवेश गर्न खोज्दा उनलाई एसएसबीले नियन्त्रणमा लिएको जनाएको छ । अहमदले आफू ढाकाबाट काठमाडौं आइपुगेको र त्यसपछि वीरगंज हुँदै रक्सौलबाट भारत प्रवेश गर्ने योजनामा रहेको उनले बताएका छन। रक्सौलको हरैया थानाका प्रमुख किशन कुमारका अनुसार अहमदले भारतको उत्तर प्रदेशस्थित लखनउ शहरको दारूल उल मदरसामा कार्यरत बङ्गलादेशी शिक्षक जुबेर आलमसँग भेटेर अजमेर जाने योजना बनाएका बताएका छन् । अहमदविरूद्ध हरैया थानामा मुद्दा दर्ता गरिएको छ र उनलाई शीघ्र अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM