२०८३ जेष्ठ ५ गते, मंगलवार १४:५९

एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी

काठमाडौँ, १० असारः नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । दुई खेलमा विजयी हुँदै नेपालले चार अङ्क जोडेको छ । नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । जापानले पहिलो खेलमा भूटानलाई पराजित गरेको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनायो । एकासी रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाए । बलिङतर्फ जापानका लागि केइसी काबायाशीडोगेटले एक विकेट लिए ।
यसअघि जापानका लागि ब्याटिङ गर्ने क्रममा कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि शुभम् खनालले सर्वाधिक पाँच विकेट लिए । त्यसैगरी, अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो ।
नेपालले तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM