२०८३ जेष्ठ ५ गते, मंगलवार १६:५५

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँको श्रीमती वर्ष २१ की लालबीबी खातुनको कोठामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा सोको सहितको प्रहरी टोलीले लाशजाँच मुचुल्का लगायतका कार्य पूरा गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो । घटना अनुसन्धानको क्रममा असार ७ गते सफि राजा मियाँलाई नियन्त्रणमा लिइ निजविरूद्ध ज्यान सम्बन्धी कसुरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा श्रीमान श्रीमतीबीच मनमुटाव रहेको र लामो समय देखि एक अर्काबीच बोलचाल नभएको तथा हत्या हुनुको मुख्य कारण रिष, द्वेष रहेको जनाएको छ । श्रीमान लामो समय देखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, कुनै वास्ता नगर्ने गरेको गरेको कारण दुवैबीच विवाद भई हत्या भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM